• ट्रेण्डिङ :

सशस्त्र प्रहरी जवान लाक्पा नुपु शेर्पाको सडक दुर्घटनामा मृत्यु

सशस्त्र प्रहरी जवान लाक्पा नुपु शेर्पाको सडक दुर्घटनामा मृत्यु

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१ जेठ,काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरि-११ बालकुमारीस्थित मुख्य सडक खण्डमा सशस्त्र प्रहरी जवान लाक्पा नुपु शेर्पाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

ताप्लेजुङ घर भएका शेर्पाले चलाएको बागमती प्रदेश 02-030प ४९८८ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

गम्भीर घाइते भएका शेर्पाको वेस्ट सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

शेर्पा सशस्त्र प्रहरी बल नम्बर २ गण झापामा दरबन्दी भई एपीएफ अस्पताल बलम्बुमा कार्यरत थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार