• ट्रेण्डिङ :

टेरामक्स खरिद प्रकरणमा २ कम्पनीसहित १८ जनाविरुद्ध मुद्दा, मोहन बस्नेतको सांसद पद निलम्बन

टेरामक्स खरिद प्रकरणमा २ कम्पनीसहित १८ जनाविरुद्ध मुद्दा, मोहन बस्नेतको सांसद पद निलम्बन

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै १६ जना र २ कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

जसमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेत समेत छन्। विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठकाअनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो ।

यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यस्तै प्रतिवादीहरुमा जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।

उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको अदालतले जनाएको छ ।

सरोकारवाला निकायहरूसँग कुनै छलफल र समन्वय नै नगरी, उक्त कार्यक्रमको खर्च व्यहोर्ने स्रोत र शीर्षकसमेत नखुलाई, कार्यक्रम सञ्चालन अवधिको किटान नगरी, बजेट संचालनको मोडालिटि नतोकी, कार्यक्रम संचालन पश्चात प्राप्त हुने नतिजा एकिन नगरी, मन्त्रालय तथा प्राधिकरणका कर्मचारी र पदाधिकारीहरूको राय सल्लाह नलिई र अनुसन्धान बिना नै अन्तर्राष्ट्रिय कल अनुगमनरभीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण प्रणाली ९टेरामक्स० सञ्चालन गर्न वार्षिक कार्यक्रम थप गरी पदीय हस्तक्षेप गरेको पनि अख्तियारको आरोप छ।

मुद्दा दर्ता भएसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार