• ट्रेण्डिङ :

हिमाल मानव जातिका साझा स्रोत हुन्: परराष्ट्रमन्त्री राणा

हिमाल मानव जातिका साझा स्रोत हुन्: परराष्ट्रमन्त्री राणा

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ जेठ,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालहरू मानव जातिका साझा स्रोत भएको बताएकी छन्।

काठमाडौँमा आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा उनले हिमालले करोडौँ मानिसको ताजा पानीको स्रोतको रूपमा भूमिका खेल्ने बताइन्।

उनले जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेको र यसले हिमाली समुदायको जीवनमा नकारात्मक असर पारिरहेको उल्लेख गरिन्। जलवायु परिवर्तनले बाढी, हिमताल विस्फोट, खडेरी, र डढेलो जस्ता प्रकोपहरूको मारमा मानव अस्तित्व र जीविकोपार्जनलाई असर गरेको उनको भनाइ थियो।

मन्त्री राणाले जलवायु परिवर्तनविरुद्धका प्रयासमा स्थानीय समुदायको ज्ञान र अनुभवलाई मान्यता दिनुपर्ने र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताइन्। नेपालले सन् २०४५ सम्म शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य राखेको उनले जानकारी दिइन्।

उनले यो संवादले जलवायु परिवर्तनको खतरासँग जुध्न नयाँ विचारहरू उत्प्रेरित गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार