• ट्रेण्डिङ :

काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकमा सवारी ठक्करबाट तीन वर्षीय बालककाे मृत्यु

काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकमा सवारी ठक्करबाट तीन वर्षीय बालककाे मृत्यु

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकमा सवारी दुर्घटनामा तीन वर्षीय बालकको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ९:२६ बजे कात्यानीचोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१च ९५६३ नम्बरको इसुजु डिम्याक्स गाडीले बालकलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार उक्त गाडी रमेश कुमार श्रेष्ठले चलाएका थिए। बालक शिवांस झा, जसको घर भारतको सितामढी रहेको र हाल काठमाडौं महानगरपालिका–३१ कात्यानी चोकमा डेरामा बस्दै आएका थिए, दुर्घटनामा गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका बालकलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा बिहान १०:३० बजे उनको मृत्यु भएको हो।

प्रहरीले गाडी चालक, सवारी साधन र कागजपत्र नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरी वृत्त बानेश्वरका अनुसार घटनास्थल वृत्त बानेश्वरबाट करिब दुई किलोमिटर उत्तर–पश्चिममा रहेको छ। दुर्घटनाको सूचना बिहान ९:२६ बजे कन्ट्रोलमार्फत प्राप्त भएको थियो र प्रहरी नायव उपरीक्षक  हरी खतिवडाको कमाण्डमा सात जना प्रहरी घटनास्थलमा खटिएका थिए।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार