• ट्रेण्डिङ :

दहचोकमा सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न

दहचोकमा सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न

cnewsnepal

शनिबार, जेष्ठ ३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


३ जेठ,काठमाडौं । दहचोक युवा समूहको आयोजनामा चन्द्रागिरि नगरपालिका वडा नं. १ कार्यालयको सहयोगमा खोला–नाला सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरि, उपप्रमुख बसन्ती श्रेष्ठ, वडा अध्यक्ष हरिश्याम रानामगर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका हास्य कलाकार दीपकराज गिरि, वडा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयहरू, सहकारी संस्थाहरू, विभिन्न संघ–संस्था, क्लब, पूर्व सुरक्षाकर्मी, नेपाल स्काउट, समाजसेवी, बुद्धिजीवी तथा वडा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले सरसफाइ अभियानले स्थानीय क्षेत्रमा सरसफाइप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र प्रदूषणमुक्त वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराइरहने प्रतिबद्धता व्यक्त गरे।

चन्द्रागिरि वातावरण संरक्षण मञ्चका अध्यक्ष शशीकुमार गिरिले वातावरण संरक्षण कुनै एक संस्थाको मात्र दायित्व नभई समुदायको साझा जिम्मेवारी भएको बताए। उनले यस प्रकारका सामूहिक अभियानहरूले स्थानीय बासिन्दामा वातावरणीय सरोकार र दायित्वबोध सिर्जना गर्नेमा जोड दिए।

दहचोक युवा समूहका सचिव जीवनकुमार गिरिले कार्यक्रमलाई सफल बनाउने सबै सहभागीहरूलाई आभार प्रकट गर्दै सरसफाइ र जनचेतना अभिवृद्धिमा समुदायको सहकार्य नै प्रभावकारी हुने उल्लेख गरे। “हाम्रो उद्देश्य केवल सरसफाइ मात्र होइन, समुदायमा स्वच्छ र स्वस्थ वातावरणको चेतना फैलाउनु हो,” उनले भने।

कार्यक्रमले खोला–नाला सरसफाइसँगै स्थानीय बासिन्दामा वातावरणीय सचेतना वृद्धि गरेको र सामूहिक प्रयासमार्फत दीर्घकालीन वातावरण संरक्षणको दिशा तय गरेको सचिव गिरिले बताए।

तस्बिरहरू हेर्नुहाेस ।

प्रतिक्रिया
सम्बन्धित समाचार