काठमाडौं : सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ।
न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ’अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए। सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट नियन्त्रणमा लिएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवनबाट पक्राउ गरिएको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार