५ जेठ,राेल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका-२ स्थित भगवती माध्यमिक विद्यालय दहबनको परिसरमा सोमबार सकेट बमजस्तो देखिने दुई संकास्पद वस्तु फेला परेका छन्।
विद्यालय परिसरमा संकास्पद वस्तु भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्षेत्रलाई सिलबन्दी गरेका छन्। प्रारम्भिक रूपमा उक्त वस्तु सशस्त्र द्वन्द्वको समयमा छाडिएको हुन सक्ने आशंका गरिएको छ।

सुरक्षाको उच्च सतर्कता अपनाउँदै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ परिचालित भएको छ। सुरक्षा अधिकारीहरूका अनुसार वस्तुको प्रकृति र जोखिम मूल्यांकनका लागि डिस्पोजल टोलीले थप अनुसन्धान गर्नेछ। विद्यालयकाे जग खन्ने क्रममा उक्त वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार