• ट्रेण्डिङ :

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सुदर्शन कोइराला पहिलो नम्बरमा

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सुदर्शन कोइराला पहिलो नम्बरमा

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


६ जेठ,काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको जनपद प्रहरी समूहतर्फको डीआईजी पदमा ११ जनालाई सिफारिस गरेको हो। गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार सिफारिस सूची सार्वजनिक गरेको हो।

बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीका अनुसार सिफारिस सूचीको पहिलो नम्बरमा लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंका एसएसपी सुदर्शन प्रसाद कोइराला परेका छन्।

डीआईजीमा सिफारिस गरिएका ११ एसएसपीको सूची यस प्रकार छः

१. सुदर्शन प्रसाद कोइराला – लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं (प्राप्ताङ्कः ७२.३९८९)
२. बिनोद घिमिरे – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ (७२.३३२२)
३. दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.) – मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौं (७२.२४५४)
४. दिपक रेग्मी – गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा, रुपन्देही (७२.०१४४)
५. माधब प्रसाद श्रेष्ठ – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देही (७१.८०५७)
६. दिलिप सिंह देउवा – नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर, कंचनपुर (७१.६६५५)
७. दिपक कुमार बस्नेत – नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगंज, बाँके) (७१.४५७६)
८. ओम बहादुर राना – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगाल, काठमाडौं (७१.२४७७)
९. जयराज सापकोटा – नेपाल प्रहरी प्रदेश कार्यालय, धरान, सुनसरी (७१.०२४८)
१०. संजिब शर्मा दास – नेपाली राजदूतावास (काउन्सिलर), नयाँ दिल्ली (७०.८३८२)
११. सुरेन्द्र बहादुर गुरुङ – नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज, पर्सा

बढुवा सिफारिससँगै यी अधिकृतहरू चाँडै नै औपचारिक रूपमा डीआईजीमा बढुवा हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार