७ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन्। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन्।
शपथपछि उनले राष्ट्र बैंकको कार्यालयमा पुगेर औपचारिक रूपमा गभर्नरको पदभार ग्रहण गर्ने तयारी रहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।
सरकारले मंगलबार मन्त्रिपरिषद्को बैठकबाट डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। संविधानअनुसार गभर्नरले प्रधानन्यायाधीशसमक्ष शपथ लिएर मात्र पदभार सम्हाल्ने प्रावधान छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त