• ट्रेण्डिङ :

प्रसव पीडामा छट्पटिएकी महिलाको ज्यान जोगाएकी प्रहरी जवान चन्द्रीका देउवा पुरस्कृत

प्रसव पीडामा छट्पटिएकी महिलाको ज्यान जोगाएकी प्रहरी जवान चन्द्रीका देउवा पुरस्कृत

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटिएकी एक महिलालाई देखेपछि तत्काल सहयोगमा खटिँदै सुरक्षित प्रसूति गराएर आमा र नवजात शिशुको ज्यान जोगाएकी प्रहरी जवान चन्द्रीका कुमारी देउवा पुरस्कृत भएकी छिन्।

अस्थायी प्रहरी बिट खैरानामा कार्यरत देउवाले एक व्यक्तिको घरको आँगनमा महिलाको सुरक्षित तरिकाले प्रसूति गराउने कार्यमा प्रशंसनीय भूमिका निर्वाह गरेकी थिइन्। उनको मानवीयता, सतर्कता र सेवाभावप्रति उच्च मूल्यांकन गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले उनलाई विशेष सम्मानका साथ पुरस्कृत गर्नुभएको हो।

नेपाल प्रहरीले ‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्रलाई व्यवहारमा उतार्ने कार्यमा देउवाको योगदानले प्रहरीप्रतिको जनविश्वास थप बलियो बनाएको उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार