• ट्रेण्डिङ :

सगरमाथा आरोहण गरेर संगठनको गौरव बढाएकी प्रनानि कुञ्जाङ छोपेल शेर्पा प्रनानि पदमा विशेष बढुवासहित सम्मानित

सगरमाथा आरोहण गरेर संगठनको गौरव बढाएकी प्रनानि कुञ्जाङ छोपेल शेर्पा प्रनानि पदमा विशेष बढुवासहित सम्मानित

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल प्रहरी संगठनको गौरव बढाउन सफल पहिलो महिला प्रहरी प्रनानि कुञ्जाङ छोपेल शेर्पालाई प्रहरी नायब निरीक्षक (प्रनानि) पदमा विशेष बढुवा प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको विशेष बैठकको निर्णयअनुसार उहाँलाई संगठनप्रति उत्कृष्ट योगदान, अदम्य साहस र प्रेरणादायी कार्यको कदरस्वरूप विशेष बढुवा गरिएको हो।

सगरमाथा जस्तो विश्वकै कठिन र जोखिमपूर्ण हिमालको सफल आरोहण गर्दै प्रनानि शेर्पाले आफ्नो व्यक्तिगत साहस मात्र नभई सम्पूर्ण प्रहरी संगठन र नेपाली महिलाहरूको क्षमता उजागर गरेकी छन्। नेपालको सशस्त्र सेवामा कार्यरत महिलाहरूको लागि प्रेरणाको स्रोत बन्न सफल उहाँको यो कदमले प्रहरी संगठनलाई थप गतिशील, उत्साही र गौरवमय बनाएको छ।

नेपाल प्रहरी परिवारले प्रनानि कुञ्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई तथा आगामी दिनमा अझ सफल, सुरक्षित र प्रभावकारी सेवा यात्राको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार