९ जेठ,काठमाडौं । नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको योग्यतामाथि शंका उठाउँदै पुनः सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
शुक्रबार अधिवक्ता विशाल थापा लगायतले गभर्नर बन्ने प्रक्रिया र पौडेलको योग्यता चुनौती दिँदै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्। यद्यपि अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार रिट अहिलेसम्म दर्ता भएको छैन। ‘निवेदन आएको छ, छलफल भइरहेको छ,’ कुइँकेलले भने।
यसअघि वैशाख ३० गते पनि अधिवक्ता प्रतिभा उप्रेती र थापाले पौडेल गभर्नर बन्न अयोग्य भएको भन्दै अदालतमा रिट दिएका थिए। तर उक्त रिट सर्वोच्च प्रशासनले जेठ २ गते दरपीठ गरेको थियो। दरपीठविरुद्ध परेको रिटमाथि पनि अदालतले प्रशासनको निर्णयलाई सदर गरिसकेको छ।
गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर नियुक्तिपछि पुनः कानुनी चुनौती उठेको हो।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त