• ट्रेण्डिङ :

भक्तपुरको डेरामा रोशनी शाही मृत भेटिए — एक समय महरा प्रकरणको केन्द्रमा थिइन्

भक्तपुरको डेरामा रोशनी शाही मृत भेटिए — एक समय महरा प्रकरणको केन्द्रमा थिइन्

cnewsnepal

आइतबार, जेष्ठ ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ जेठ,काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै सार्वजनिक चासोको केन्द्र बनेकी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन्।

सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी शाही आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए। घटनास्थलमा अहिले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। शाहीका श्रीमान् विराटनगरमा रहेका कारण उनी काठमाडौँ आउँदै गरेको बताइएको छ।

सन् २०१९ (२०७६ साल) को असोजमा संसद सचिवालयमा कार्यरत रहँदा शाहीले सभामुख महरामाथि आफूलाई जबरजस्ती गर्न खोजेको आरोप लगाएकी थिइन्। उनका अनुसार महरा मादक पदार्थ सेवन गरेका अवस्थामा उनी बस्ने कोठामा पुगेका थिए। घटनापछि महराले तत्कालीन सभामुख पदबाट राजीनामा दिएका थिए र प्रहरीद्वारा पक्राउ परेका थिए।

मुद्दा अदालतमा पुगेपछि शाहीले प्रारम्भिक बयान फेरेकी थिइन्। सोही आधारमा जिल्ला अदालत काठमाडौंले २०७६ फागुनमा महरालाई सफाइ दिएको थियो।

शाहीको मृत्युको कारण हाल खुल्न बाँकी छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार