• ट्रेण्डिङ :

भिजिट भिसा विवादले संसद् अवरुद्ध, बैठक बुधबारसम्म सारियो

भिजिट भिसा विवादले संसद् अवरुद्ध, बैठक बुधबारसम्म सारियो

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१३ जेठ,काठमाडौँ । भिजिट भिसा प्रकरणले उत्पन्न विवादका कारण संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

मंगलबार बिहान सुरु भएको बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी सांसदहरूले कडा आपत्ति जनाएपछि सभामुखले पहिलो चरणमा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित गरेका थिए। तर विपक्षीको अवरोध कायमै रहेपछि बैठक बुधबारसम्मका लागि सारिएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसद् चल्न दिने सर्तस्वरूप घटनामा उच्चस्तरीय छानबिन आयोग गठनको माग राखेका छन्। उनीहरूका अनुसार आयोग गठन नहुँदासम्म संसद् सुचारु हुन सक्दैन।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाउँदै नाराबाजीमा उत्रिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार