• ट्रेण्डिङ :

बेनीघाट रोराङमा हाईस र ट्रक ठोक्किँदा भरतपुरकी महिला घाइते

बेनीघाट रोराङमा हाईस र ट्रक ठोक्किँदा भरतपुरकी महिला घाइते

cnewsnepal

बिहिबार, जेष्ठ १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ जेठ,धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित खतौते खोलाको पुल नजिक एक सवारी दुर्घटना भएको छ।

भरतपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८८८७ नम्बरको हाईसले खानीखोलातर्फ गइरहेको धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका–९ मा बा.प्र.०३–००१ ख १६५६ नम्बरको ट्रकलाई  ठक्कर दिएको हो।

दुर्घटनामा हाईसको अगाडि बसिरहेकी भरतपुर निवासी प्रमिता गुरुङ घाइते भएकी छिन्। साथै प्रेम कुमार बानियाँ लगायत स्थानीय घाइते उदार गरि अस्पताल लगेकाे स्थानीयकाे भनाई छ ।

घाइतेको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।तस्बिर : शंकर थापा नाैविसे

 

प्रतिक्रिया
सम्बन्धित समाचार