१९ जेठ,काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरू भएको छ।
बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस र एमालेका अन्य नेताहरूको पनि उपस्थिति रहेको छ।
प्रचण्ड सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुतिको तयारी, भिजिट भिषा प्रकरणपछि उत्पन्न परिस्थिति तथा समसामयिक राजनीतिक विषयहरूबारे छलफल भइरहेको छ।
बजेटका प्राथमिकता, सरकारको नीतिगत तयारी, र भिसा प्रकरणले उत्पन्न गरेको सार्वजनिक चासो सम्बोधन गर्न प्रमुख दलहरू साझा रणनीतिमा पुग्ने प्रयासमा रहेको बताइएको छ।
स्रोतका अनुसार बैठकले आगामी दिनमा संसदमा देखिएको अवरोध, गठबन्धन व्यवस्थापन र प्रमुख नीतिगत विषयहरूमा समेत सहमति जुटाउने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त