२० जेठ,काठमाडौं । देशभर प्लास्टिक प्रदूषण भयावह बन्दै गइरहेको बेला चन्द्रागिरी–३, थानकोटबाट एउटा नयाँ आशा पलाएको छ। यही ठाउँमा स्थापना भएको ‘इको केयर इन्डस्ट्री प्रा.लि.’ (Eco Care Industry Pvt. Ltd.) ले वातावरणमैत्री झोला उत्पादन गरेर प्लास्टिकको विकल्प दिने सार्थक प्रयास थालेको हाे।
कम्पनीले उत्पादन गरिरहेको ‘इजी ब्याग’ ले प्लास्टिक झोलाको सट्टा प्रयोग गर्न सकिने भरपर्दो, दिगो, र सुरक्षित विकल्प प्रस्तुत गरेको छ। यस उद्योगले केवल उत्पादन मात्र होइन, सामाजिक जागरण र वातावरण संरक्षणको नारा पनि बोकेको छ।

कम्पनीका सञ्चालक प्रशन्न गाेपालीले नेपालमा हरेक दिन हजारौं टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। यी प्लास्टिकहरू,कुहिँदैनन् माटो, पानी र हावालाई प्रदूषित गर्छन्
पशुपन्छी र मान्छेको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् यस समस्याको दीर्घकालीन समाधान भनेकै वैकल्पिक झोलाको प्रयोग मा हामीले उद्योग सञ्चालन गरेकाु बताए।
कम्पनीका सञ्चालक गाेपाली भन्छन्,“हामी केवल झोला बनाउँदैनौं, हामी बानी परिवर्तन गराउँछौं।”

यति मात्रै हाेईन कम्पनीले विद्यालयमा प्लास्टिकको असरबारे सचेतना कक्षा,बजारमा प्लास्टिक प्रयोग बन्द गर्ने नीति
,सामुदायिक अभियानमा इजी ब्याग निःशुल्क वितरण गर्दै अाएकाे छ ।
इको केयर इन्डस्ट्रीको योजना चन्द्रागिरी मात्र होइन, देशभर ‘इजी ब्याग’लाई लोकप्रिय बनाउने छ। याे झाेला प्लास्टिक जस्तो देखिए पनि कुहिने र मल हुने कम्पनीकाे दावी छ । झाेला बन्ने र मेटिरिएल जैविक वस्तुहरूबाट निर्माण हुने भएकाले याे पर्यावरणीय हिसावले ठुलाे र महत्त्व छ । १८० दिनमा झाेला कम्पाेष्ट मलकाे रूपमा प्रयाेग गर्न सकिनेछ ।