२१ जेठ,काठमाडौं । स्मार्ट कार्ड प्रिन्टर मर्मतका कारण तीन दिनसम्म अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य बन्द हुने भएको छ।
यातायात व्यवस्था विभाग, मिनभवनले एक सूचना जारी गर्दै २०८२ जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) लाइसेन्स छपाइ सेवा स्थगित रहने जानकारी दिएको हो।
विभागले उक्त म्यादसम्ममा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीहरूले मिति २०८२ जेठ २५ गतेभित्र नै निवेदन दर्ता गरी अनुमति (Approve) प्राप्त भइसकेको एकिन गर्न अनुरोध गरेको छ।
प्रिन्टर मर्मतको कामका कारण सेवा प्रभावित हुने भएकाले विभागले सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
यातायात विभागले सूचना सार्वजनिक गर्दै समयमै आवेदन दिन र योजना बनाउन सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

