• ट्रेण्डिङ :

चलचित्र सेन्सर बोर्डको सदस्यमा रातोपाटीकर्मी गिरी नियुक्त

चलचित्र सेन्सर बोर्डको सदस्यमा रातोपाटीकर्मी गिरी नियुक्त

cnewsnepal

बुधबार, जेष्ठ २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ जेठ,काठमाडौं । केन्द्रीय चलचित्र जाच समिति (सेन्सर बोर्ड)मा रातोपाटीकर्मी रंगपत्रकार कुबेर गिरी नियुक्त भएका छन् ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्थरिय निर्णयबाट गिरीलाई २ बर्षका लागि सेन्सर सदस्य नियुक्ती गरिएको हो ।
गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार बोर्ड सदस्यको नियुक्ति पत्र दिए ।

करिब दुई दशकदेखि रंगपत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, दैनिक पत्रपत्रिका, नेपाल टेलिभिजन हुँदै पछिल्लो समय रातोपाटी डटकममा कार्यरत रहेका छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार