साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेशीमा ओढारमा लुकाएर राखिएको १६ किलाे सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले सुनसहित चुमनुब्री गाउँपालिका हुल्चुकका व्यवसायी धनकमल गुरुङलाई पक्राउ गरेको हो ।
गोरखा प्रहरी प्रमुख उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले ढुंगामुनि लुकाएर राखिएको अवस्थामा १६ वटा सुनको विस्कुट बरामद भएको बताए ।
प्रहरीका अनुसार खच्चडबाट सामान ओसार्ने काम समेत गर्ने गुरुङले तिब्बतबाट उक्त सुन ल्याएका थिए । ‘तिब्बतको छेकम्पारको ङुइला नाका हुँदै सुन ल्याइएको देखिएको छ’, प्रहरीले बतायाे
प्रतिक्रिया
सम्बन्धित समाचार