बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै बाँस्कोटाले प्रधानमन्त्रीले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाए।
‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन। मिडियाले हल्ला फैलाएको मात्रै हो,’ उनले भने, ‘मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ।’
प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए।
‘नेपाल सुन्दर देश छ, पशुपति छ। यहाँ घुम्न मान्छेहरू आइराख्छन्,’ उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् होला नि होइन त? फेरि किन कर्मचारीलाई भेटिराख्ने?’
कसैले भेटेको भए पनि कूटनीतिक मर्यादाअनुसार नै भेट गर्नुपर्ने उनले बताए।