२९ जेठ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा एक सन्देश लेख्दै दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले पीडितप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
एअर इन्डियाको विमान दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ भने उद्धार तथा राहत कार्य जारी रहेको बताइएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त