• ट्रेण्डिङ :

एपिएफको अगुवाईमा वातावरण संरक्षण तथा बचाउमा रुपान्तरण कार्यक्रम सुरु

एपिएफको अगुवाईमा वातावरण संरक्षण तथा बचाउमा रुपान्तरण कार्यक्रम सुरु

cnewsnepal

शनिबार, जेष्ठ ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३१ जेठ,काठमाडौं । वातावरण संरक्षण तथा बचाउमा रुपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको नारा सहित एक कार्यक्रम सुरु भएको छ ।

सशस्त्र प्रहरीबल,नेपाल( एपिएफ )अस्पताल वलम्बु र सगरमाथा आरोही पिके शेर्पा ,फादर एण्ड सन्स फाउण्डेशन र नागार्जुन हाईकिङ्ग ग्रुप तथा काठमाडौं को सयूक्त टोलीले नागार्जुन नगरपालिकाको फाक्सु देखि विन्दवासीनी मन्दिर हुदै कालु पाण्डे शालिक सम्मको दुई नम्वर रुटमा वृक्षारोपण तथा हाईकिङ सुरु गरेको छ ।

स्वस्थ्य जिवन जिउन मानव जिवनको आधारभुत बिकासका लागि आवश्यक वातावरण संरक्षणलाई हरेक क्षेत्रले महत्व दिनु पर्ने  नेपाल एपिएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरीबल,नेपालका नायव महानिरीक्षक डा रुपक महर्जनले बताए ।

उक्त टोलीमा नेपाल एपिएफ अस्पतालका प्रमुख महर्जन सहित वरिष्ठ चिकित्कहरु तथा अधिकृतहरु ,स्थानिय क्लवका प्रतिनिधिहरु र अन्य संघ संस्थाको प्रतिनिधि सहित ५० जनाको सहभागिता रहेको छ। उक्त कार्यक्रमको अगुवाई एपिएफले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार