• ट्रेण्डिङ :

नागढुङ्गामा ईभी हाईस दुर्घटना: १९ जना घाइते

नागढुङ्गामा ईभी हाईस दुर्घटना: १९ जना घाइते

cnewsnepal

शनिबार, जेष्ठ ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३१ जेठ,काठमाडौँ, । काठमाडौंकाे चन्द्रागिरि – २ नागढुङ्गामा  ईभी हाईस दुर्घटनामा १९ जना घाइते भएका छन्।

चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको हाे ।

नागढुङ्गा प्रहरीले यात्रुकाे उदार  गरेको छ । माइक्रो सडकबाट करिब १३० फिट तल खसको छ ।

दुर्घटनामा परेका सबैलाई तत्काल उद्धार गरी सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार, गाडी सडकबाट अनियन्त्रित भई खसेको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनास्थलमा प्रहरी र स्थानीयबासीले तत्काल उद्धार कार्य थालेका थिए।

घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेकोले समाचार अद्यावधिक गरिँदै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार