३१ जेठ नागढुङ्गामा माईक्रो दुर्घटनामा २१ जना यात्रु घाइते भएकाे खुलेकाे छ । घाइतेहरूमा नेपाली र भारतीय नागरिकहरू छन्, जसमा ६ जना बालबालिका, ५ जना महिला र १० जना पुरुष रहेका छन्।
चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको थियाे ।
सवारी चालक ४३ वर्षीय अनिल तामाङ (नुवाकोट, ककनी गाउँपालिका–३) रहेकाे खुलेकाे छ । घाइतेहरूमा विभिन्न खालका चोटपटक लागेको छ। नेपाली नागरिकमध्ये सक्षम अधिकारी (१६ वर्ष) को बायाँ खुट्टाको गोडामा चोट लागेको छ भने सुजाता अधिकारी (४१ वर्ष) लाई टाउको, खुट्टा र कुना भागमा चोट लागेको छ। अञ्जिला शाह, ईश्वर थापा, गणेश पौडेल, सन्त बहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, र प्रयास गुरुङ सामान्य अवस्थामा छन्। सुवीदा मल्ल मध्यम घाइते भएकी छन्।
भारतीय नागरिकमध्ये रिन्कु देवी (२४ वर्ष, बिहार) को बायाँ हातमा चोट लागेको छ। बाँकी ९ जना – रवि कुमार, सार्थक कुमार, मानवी कुमार, डब्लु कुमार, राज कुमार, शिव कुमार, प्रञ्जल कुमार, निश्चल कुमार, र रितु कुमारी – सामान्य अवस्थामा रहेको जनाइएको छ।
घाईतेहरूकाे सशस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचार भईरहेकाे छ ।