• ट्रेण्डिङ :

चितवनको खहरेपुलमा बस र ईभी ठोक्किँदा ७ जनाको मृत्यु, ३१ घाइते

चितवनको खहरेपुलमा बस र ईभी ठोक्किँदा ७ जनाको मृत्यु, ३१ घाइते

cnewsnepal

शनिबार, असार ७ २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

घाइतेहरूको विवरण:

एलाईभ अस्पताल भरतपुरमा उपचाररत:

  • हेटौंडा–१३ निवासी १६ वर्षीय सक्षम थापा – मध्यम घाइते
  • हेटौंडा–१२ निवासी ३२ वर्षीय सिंहबिर घलान – मध्यम घाइते
  • हेटौंडा–४ निवासी ३१ वर्षीय विष्णु लम्साल – मध्यम घाइते
  • हेटौंडा–८ की ३४ वर्षीया गंगा घलान – गम्भीर घाइते

पुरानो मेडिकल कलेजमा उपचाररत:

  • झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल – मध्यम
  • झापा गौरादह–९ का ६७ वर्षीय उमा बराल – सामान्य
  • कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी – मध्यम
  • रुकुम पश्चिम आठबीसकोट–९ का ३० वर्षीय सन्देश ओली – सामान्य

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत १० जना (सवैको अवस्था सामान्य):

  • अछाम साफेबगर–१० का अर्जुनबहादुर राउत
  • कैलाली लम्कीचुवा–८ का ४५ वर्षीय जम बुढा
  • कञ्चनपुर पुनर्वास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा
  • झापा गौरादह–६ की ७० वर्षीया टिका न्यौपाने
  • कञ्चनपुर पुनर्वास–६ का ६९ वर्षीय जमबहादुर थापा
  • कैलाली गोरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी
  • कैलाली लम्कीचुवा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा
  • कैलाली लम्कीचुवा–१ का ४८ वर्षीय बलसिंह बुढा
  • रौतहट चपुर–७ का ४५ वर्षीय वुलटन साह कानु
  • मकवानपुर बकैया–४ की २६ वर्षीया अनिसा घिमिरे

अन्य अस्पतालमा उपचाररत:

  • कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा – सामान्य
  • झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल – सामान्य
  • झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन – सामान्य
  • सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय – सामान्य
  • कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी – सामान्य
  • मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी – सामान्य

हालसम्मको विवरणअनुसार कुल ३१ जना घाइते भएकोमा ७ जनाको मृत्यु भइसकेको छ भने बाँकी २४ जनाको विभिन्न अस्पतालहरूमा उपचार जारी रहेको छ। मृतकहरूमध्ये केहीको सनाखत हुन बाँकी रहेकाले प्रहरीको सहायतामा पहिचान खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार