• ट्रेण्डिङ :

बाफलमा मेटल र ट्रफी गोदाममा भीषण आगलागी, एक करोड बराबरको क्षति

बाफलमा मेटल र ट्रफी गोदाममा भीषण आगलागी, एक करोड बराबरको क्षति

cnewsnepal

आइतबार, असार ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ असार, काठमाडौं ।  काठमाडौँ जिल्ला, नागार्जुन नगरपालिका–४ बाफलस्थित मेटल र ट्रफी भण्डारण गरिएको एक तले जस्ताको टहरामा आज बिहान करिब ३:१० बजे भीषण आगलागी भएको छ। ६० वर्षीय राजेन्द्र उदासद्वारा सञ्चालित उक्त टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, र स्थानिय बासिन्दाको सहयोगमा बालाजु औद्योगिक क्षेत्र, काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाबाट खटिएका ३ वटा दमकल प्रयोग गरी आगो करिब ४:२० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिल राज बोहोराका अनुसार, “अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानविय तथा चौपाया क्षति भने हुनबाट जोगिएको छ। आगलागीको कारण खुल्न बाँकी छ र अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का उठाउने, क्षति विवरण संकलन गर्ने, र आगलागीको कारण पत्ता लगाउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार