• ट्रेण्डिङ :

संसद् भवनस्थित क्यान्टिनको छतबाट खसे कामदार, गम्भीर घाइते

संसद् भवनस्थित क्यान्टिनको छतबाट खसे कामदार, गम्भीर घाइते

cnewsnepal

आइतबार, असार ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ असार, काठमाडौं । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित क्यान्टिनको छतबाट आज दिउँसो एक जना कामदार खस्दा गम्भीर घाइते भएका छन्।

२८ वर्षीय दिपेश तामाङ, धुलिखेल–काभ्रे निवासी, क्यान्टिनको छतमा मर्मत कार्य गर्दै गर्दा करिब २० फिट उचाइबाट खसेका हुन्। खस्दा उनको छाती, टाउको, बायाँ हात र शरीरको बायाँ भागमा गम्भीर चोटपटक लागेको सुरक्षाकर्मीहरूले जनाएका छन्।

घाइते तामाङलाई तत्काल उद्धार गरी सिभिल अस्पताल, नयाँ बानेश्वरमा उपचारका लागि लगिएको छ। संसद् भवन परिसरका एक सुरक्षाकर्मीका अनुसार घटनापछि तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल पठाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहोरा‌ले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार