• ट्रेण्डिङ :

सामान्य प्रशासन मन्त्रीले राजीनामा दिए, ‘घुस काण्डमा जोडिएको’ आरोप अस्वीकार

सामान्य प्रशासन मन्त्रीले राजीनामा दिए, ‘घुस काण्डमा जोडिएको’ आरोप अस्वीकार

cnewsnepal

मंगलबार, असार ३१ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


३१ असार, काठमाडौं ।  हालैका दिनहरूमा नाम घुस डिलसँग जोडिएको भन्दै सार्वजनिक रूपमा आलोचना खेपिरहेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार एक वक्तव्य जारी गर्दै, आफूले नखाएको ‘विषको शिकार’ भएको बताएका छन्।

“बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ। कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए,” मन्त्री गुप्ताको फेसबुकमा  भनिएको छ।

आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले प्रधानमन्त्री समक्ष राजीनामा दिएको उनले जनाएका छन्। मन्त्रीले प्रविधिको दुरुपयोगबाट आफूजस्ता अरु कोही पीडित नबुन् भन्ने चाहना व्यक्त गर्दै आफूलाई आजसम्म साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

“अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने प्रतिबद्धताका साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु,” मन्त्रीको अन्त्यतिर भनिएको छ।

हालसम्म मन्त्रीसँग जोडिएको कथित घुस प्रकरणमा आधिकारिक रूपमा अनुसन्धान सुरु भएको पुष्टि भइनसकेको भए पनि सार्वजनिक चासो बढ्दै गएको छ। राजीनामापछि अब सरकारले यस मामलामा थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार