• ट्रेण्डिङ :

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

cnewsnepal

मंगलबार, असार ३१ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


३१ असार,काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि नेपालमा ढुक्क भएर लगानी गर्न सकिने वातावरण तयार पार्नुपर्नेमा जोड दिएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बाेल्दै सभापति देउवाले लगानीकर्तालाई सहज र आकर्षक वातावरण दिनु आवश्यक रहेको उल्लेख गर्दै भने, “लगानीकर्तालाई दुःख दिने भन्ने त कुरै छैन।

स्वदेशी तथा विदेशी दुवै खालका लगानीकर्ताले ढुक्क भएर नेपालमा लगानी गर्नसक्ने अवस्था बनाउनु पर्छ।”

कार्यक्रममा नेपाल उद्योग व्यवसाय महासंघ (इप्पा) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासका लागि सरकारको नीति तथा दृष्टिकोण निर्णायक हुने बताउँदै, “सरकारको नारा ‘सरकारको साथ, निजी क्षेत्र चालक’ हुनुपर्ने हो, तर व्यवहारमा सरकारी निकायकै कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएको छ,” भन्ने टिप्पणी गरे।

अध्यक्ष कार्कीले बजेटमा समेटिएको ‘टेक एन्ड पे’ प्रणाली, दुई वर्षदेखि रोकिएको सेयर निष्कासन (आईपीओ) प्रक्रिया, र राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजना निर्माणमा लगाइएको प्रतिबन्ध जस्ता नीतिगत निर्णयहरूले निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी संकटमा परेको बताए ।

उनका अनुसार हाल निजी क्षेत्रले विभिन्न चरणमा ३४ हजार ४८४ मेगावाट क्षमताका ७२५ ऊर्जा आयोजना अघि बढाइरहेका छन्। तर सर्वोच्च अदालतको एक आदेशका कारण राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रभित्र पर्ने करिब १९ हजार मेगावाट क्षमताका २१७ आयोजना रोकिएको छ। यसले दीर्घकालीन ऊर्जा विकास लक्ष्यमा गम्भीर असर पार्न सक्ने चिन्ता उनले व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार