• ट्रेण्डिङ :

प्रहरी विशेष कार्यदलको कपन मुख्यालयमा ५ सय फलफूलका बिरुवा वृक्षारोपण

प्रहरी विशेष कार्यदलको कपन मुख्यालयमा ५ सय फलफूलका बिरुवा वृक्षारोपण

cnewsnepal

आइतबार, साउन ११ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपन र रोटरी ईन्टरनेश्नलले वृक्षारोपण गरेका छन् ।

नेपाल प्रहरीको विशेष कार्यदलको कपनस्थित मुख्यालय परिसरमा वृक्षारोपण गरिएको हो । रोटरी ईन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ को संयुक्त आयोजनामा विशेष कार्यदलको परिसरमा फलफूलका बिरुवा रोपिएको विशेष कार्यदलका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

वृक्षारोपण गर्दै प्रहरी उपरीक्षक ज्ञवालीले वृक्षारोपण जस्ता सृजनात्मक कामले पर्यावरणमा सकारात्मक प्रभाव पर्ने र अक्सिजनसहित शीतलता प्रदान गर्ने बताएका छन् ।

रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको विशेष पहल अन्तर्गत थालनी गरिएको यस कार्यक्रममा नेपालभरका सम्पूर्ण रोटरी क्लबहरूले शनिबार ५० हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको रोटरी इन्टरनेश्नलका लिड चेयर रोटरीयन विष्णुहरि दाहालले बताए ।

वातावरण जोगाउनका लागि थालनी गरिएको उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ गोङ्गबु, रोटरी क्लब अफ ग्रीनल्यान्ड, रोटरी क्लब अफ ठमेल र रोटरी क्लब अफ काठमाडौं सर्कल संयुक्तरुपमा सहभागी भएका थिए ।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल र रोटरियन रोटट्र्याक्टर र इन्टरयाक्टरद्वारा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका ५ सय ५० बिरुवा रोपिएको थियो ।

वृक्षारोपणमा क्लब असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धरसहितका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार