७ भदौ,काठमाडौं । युवा शक्ति राज्यको उर्जा भए पनि त्यसको उपयोग राज्यले गर्न नसक्दा युवामा सकारात्मक भन्दा पनि नकरात्क प्रवृत्ति बढ्दै गएको प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री महेन्द्र वहादुर शाहीले आरोप लगाएका छन् ।
शनिबार युवा गैर सरकारी संस्था महासंघको भक्तपुरमा १४ औ महासभाको उद्घाटन गर्दै उहाले उक्त कुरा बताएका हुन्।
महासभामा उनले नेपालमा युवाको क्षेत्रमा गैर सरकारी संस्थाहरुले लगानी गरीरहेको भए पनि त्यसको उपलब्धी र प्रभावकारीता सम्वन्धमा प्रश्न उठिरहेकोले अब महासंघ सजग हुनु पर्ने बताए । उनले भने सबै संस्थाहरु एकै हुदैनन्, राम्रा काम गर्नेहरु खराबहरुले गर्दा बद्नाम भएको बताउदै राजनैतिकरुपमा होस या सामाजिक क्षेत्रमा युवाहरुले नेतृत्व लिन नसकेको समेत बताए ।

सो कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा नागरीक संस्थाहरुको आवाज खुम्चिदै गएकोमा चिन्ता समेत प्रकट गर्दै महासंघले विशेष पहल दिनु पर्नेमा जोड दिए। युवा गैर सरकारी संस्था महासंघमहासंघका केन्दीय अध्यक्ष नारायण गिरीले नेपालमा युवा सबैको देखाउने भाडो मात्र भएकाले अब वास्तविकरुपमा युवा शक्ति समाज रुपान्तरण र राजनैतिक क्षेत्र रुपान्तरणमा लैजान आवश्यकता रहेकोले अब महासंघ रुपान्तरण विशेष अभियान नै लियर लाग्ने बताए । महासंघको १४ औ महासभामा ७७ वटा जिल्लाका १०५ जना प्रतिनिधिहरुको सहभागितामा दुई दिन सम्म युवाका विविध एजेण्डामा छलफल गर्दै युवा घोषणा पत्र जारी गर्दै सम्पन्न हुनेछ । सो महासभाले रिक्त केन्द्रिय पदाधिकारी र सदस्य समेत चयन गरी संगठन सुद्धिकरण अभियान चलाउने महा सचिव रविन्द्र लामिछानेले बताए ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त