तस्बिर : एआइ जेनेरेट, १८ भदौ,तनहुँ । तनहुँमा दुई स्कुटर ठाेकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त