२३ भदौ, काठमाडौं । चन्द्रागिरि -१ दहचाेकमा पनि बाईक र्याली गरि जेनजीले प्रदर्शन सुरु गरेका छन् ।
बानेश्वर क्षेत्रमा १७ जनाको ज्यान गएपछि तितरबितर भएको जेनजीको प्रदर्शन अहिले अन्य ठाउँहरूमा फैलिएको छ । अहिले केही समूहले कलंकी,चन्द्रागिरि पनि प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरूले दहचाेक सृजना चाेक,थानकोट,बलम्वु सम्म सरकार विराेधी नारावाजी गर्दै र्याली गरेका हुन् ।
यसअघि सुन्धाराको पुलिस बिटमा पनि प्रदर्शनकारीले आक्रमण गरेका थिए ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् ।
यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएको बताइएको छ ।