• ट्रेण्डिङ :

थानकोट लगायतका नाकामा प्रहरी ब्यारिकेट, यात्रुहरुलाई सतर्क रहन अनुरोध

थानकोट लगायतका नाकामा प्रहरी ब्यारिकेट, यात्रुहरुलाई सतर्क रहन अनुरोध

cnewsnepal

शनिबार, असोज १८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, असोज १८ । काठमाडौं उपत्यकाबाट मकवानपुरतर्फ जाने विभिन्न मार्गहरु अविरल वर्षाका कारण अवरुद्ध बनेका छन्। सडकमा पहिरोको जोखिम बढेपछि प्रहरीले तत्कालका लागि सवारीसाधन सञ्चालन रोक्दै यात्रु र चालकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ।

थानकोट–चित्लाङ हुँदै मकवानपुर, मातातिर्थ–फाखेल हुँदै हेटौंडा, बाडभञ्ज्याङ–मसिने हुँदै खानीखोला र नागढुङ्गा–मुग्लिङ सडकखण्डमा सवारीसाधनलाई रोक लगाइएको हो। राजधानी भित्रिने वा बाहिरिने नाकाहरुमा प्रहरीद्वारा ब्यारिकेट राखी गाडी रोकिने गरिएको छ।

यसै क्रममा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले भन्ने,“अविरल वर्षाका कारण सडकहरुमा पहिरोको उच्च जोखिम रहेकोले तत्कालका लागि सबै सवारीसाधनलाई रोकिएको छ। यात्रु तथा चालकहरुलाई जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन आग्रह गर्दछौं। आपतकालीन आवश्यकता परेमा मात्र सम्बन्धित निकायलाई जानकारी दिनुहोस।” उनले नदी आसपासका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरे ।

थानकोट प्रहरी वृत्त मातहतका सयभन्दा बढी सुरक्षाकर्मीलाई संभावित दुर्घटना न्यूनिकरणका लागि परिचालन गरिएको छ भने प्रहरीले माइकिङमार्फत समेत स्थानीयवासी र यात्रुहरुलाई सतर्क रहन अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार