• ट्रेण्डिङ :

नागढुङ्गा चेकपोष्टबाट ६ सयभन्दा बढी सवारीसाधन फर्काइयो

नागढुङ्गा चेकपोष्टबाट ६ सयभन्दा बढी सवारीसाधन फर्काइयो

cnewsnepal

शनिबार, असोज १८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१८ असोज, काठमाडौं । अविरल वर्षापछि धादिङमा विभिन्न स्थानमा पहिरो खसेपछि नागढुङ्गा चेकपोष्टबाट ६ सयभन्दा बढी सवारीसाधनलाई काठमाडौं फर्काइएको छ।

प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार बिहानैदेखि नागढुङ्गा–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो खसेको र तत्काल सडक खुलाउन नसकिने भएकाले यात्रु तथा सवारीलाई फर्काइएको हो।

प्रहरीले यात्रुहरूलाई अनावश्यक जोखिमबाट बचाउनका लागि नागढुङ्गामा रोकावट गरेको र सडक खुल्नासाथ मात्र यात्रा सहज हुने जानकारी दिएको छ।

थापाले नागढुङ्गा ट्राफिक र प्रहरी प्रभागले संयुक्त रूपमा यात्रु तथा चालकलाई सुरक्षित रहन आग्रह गर्दै माइकिङमार्फत निरन्तर सूचना दिइरहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार