१९ असाेज,काठमाडौं । निरन्तर भइरहेको अविरल वर्षाका कारण आईपर्न सक्ने सम्भावित क्षतिको न्युनिकरणका लागि उपत्यका प्रहरी प्रमुख एआइजी दान बहादुर कार्कि कन्ट्रोल रूममार्फत निग्रानि गर्नुका साथै रातको समयमा ड्युटी खटिएका प्रहरीको मनोबल बढाउन र आवश्यक निर्देशन दिन फिल्डमै खटिनुभएको छ।
उहाँले उपत्यकाको सुरक्षामा कुनै कसर नराखी उच्च मनोबलसहित आफैँ सिपाहीझैँ अग्रपंक्तिमा उपस्थित हुँदै निर्देशन दिने गरेका छन्। यसरी नेतृत्वकर्ताले प्रत्यक्ष रुपमा खटिएपछि सुरक्षाकर्मीहरुको मनोबल थप उकासिएको जनाइएको छ।



प्रतिक्रिया
सम्बन्धित समाचार