१९ असोज, काठमाडौं । बहुचर्चित भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यलय र उपत्यका प्रहरी अनुसन्धान कार्यलयको संयुक्त टोलीले शर्मालाई ललितपुर महानगरपालिका–७ बंखुण्डोलबाट पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ निवासी शर्मा लामो समयदेखि उक्त प्रकरणमा फरार रहेका थिए। प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि थप प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शर्मालाई आजै कारागार पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार