राेसन दानी क्षेत्री,काठमाडौं । नेपाल प्रहरी संगठनभित्र निडर, कर्तव्यनिष्ठ र इमानदार अधिकृतको रूपमा परिचित एआइजी दानबहादुर कार्की पछिल्ला दिनमा बिचौलिया र स्वार्थी समूहहरूको निशानामा परेका छन्। अपराध नियन्त्रण र सुशासन स्थापनामा अग्रपंक्तिमा रहने कार्कीविरुद्ध केही व्यक्तिहरूले योजनाबद्ध रूपमा गलत प्रचार–प्रसार गरेर बदनाम गर्ने प्रयास थालेका छन्।
विश्वसनीय स्रोतका अनुसार, पत्रकारको आवरणमा बिचौलियाको काम गर्ने केही समूहले विभिन्न सञ्चारमाध्यमहरूलाई प्रलोभनमा पार्दै कार्कीको छविलाई कमजोर पार्ने उद्देश्यले भ्रामक समाचारहरू प्रकाशित गराइरहेका छन्। प्रहरीभित्र शुद्धिकरण अभियान र इमानदार नेतृत्वको कारण अपराधी तथा दलाल समूहहरू असन्तुष्ट देखिएका छन्।
एआइजी कार्कीले आफ्नो करियरका हरेक तहमा असाधारण कार्यक्षमता प्रदर्शन गरेका छन्। बुटवलमा डिएसपी हुँदा कानून र सुरक्षाको सुदृढीकरणमा गरेको काम आज पनि उदाहरणीय छ। त्यस्तै पोखरा र कपिलवस्तुमा एसपी रहँदा जनताको विश्वास जित्ने खालका सुधारात्मक कार्य गरेर उनले प्रहरी र नागरिकबीचको सम्बन्धलाई मजबुत बनाएका थिए।
काठमाडौँ प्रहरी परिसरका एसएसपी हुँदा उनले भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेर आफ्नो दक्षता प्रमाणित गरेका थिए। उनले कुनै दबाब नमान्दै सो मुद्दालाई निष्पक्षरूपमा अघि बढाए, जसका कारण नेपाल प्रहरीको इमानदार छवि अझ प्रष्टिएको थियो।
भदौ २४ गतेको आन्दोलनका क्रममा पनि कार्कीको उत्कृष्ट नेतृत्वका कारण सयौँ प्रहरीको ज्यान जोगिएको थियो। संकटका बेला निर्णय क्षमता र फुर्तिलो कमाण्ड देखाउँदै उनले संगठनमा आत्मविश्वास जगाएका थिए।
हाल एआइजी कार्कीलाई लक्षित गर्दै चलाइएको षड्यन्त्रको लहरबीच पनि प्रहरीभित्र र बाहिर दुवैतर्फ उहाँको लोकप्रियता र विश्वास झन् बढ्दो छ। स्वार्थी तत्वहरूले जति बदनाम गर्ने प्रयास गरे पनि जनताले उहाँलाई सत्य, निडरता र शुशासनको प्रतीकका रूपमा हेरेका छन्।
नेपाल प्रहरीको नेतृत्व फेरिने तयारीका बीचमा एआइजी दानबहादुर कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)का लागि योग्य, सक्षम र जनसमर्थन प्राप्त अधिकृतका रूपमा देखिएको छ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त