११ कात्तिक,काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको प्रहरी प्रभाग बुंगमती–भैसेपाटीको भवन पुनःनिर्माण कार्य सम्पन्न भई आज एक विशेष समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
भवन पुनर्निर्माण कार्यमा करिब रु. ५० लाख खर्च भएको छ। उक्त पुनर्निर्माण कार्य प्रगती युवा क्लब ललितपुर–२५ सैंबु भैसेपाटी र स्थानीय समुदायको अग्रसरतामा सम्पन्न भएको हो।
नयाँ प्रशासनिक भवन र व्यारेक अत्याधुनिक सुविधा सहित पुनःनिर्माण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीले भवनको उद्घाटन गरी नेपाल प्रहरीको तर्फबाट पुनःनिर्माणमा सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद व्यक्त गरे।
एआइजी दान बहादुर कार्कीले भने “जेन जी आन्दोलनका क्रममा क्षति पुगेको यो भवनको पुनःनिर्माण स्थानीय समुदाय र प्रहरीबीचको असल साझेदारीको उत्कृष्ट उदाहरण हो।
प्रहरीले जनताको सुरक्षा र सेवामा कहिल्यै पछि हट्दैन, तर यस्तो आपतका बेला समुदायले साथ दिनु वास्तवमै प्रेरणादायी छ। उनले भने अपराधीहरू खुले अाम हिडिरेका छन् तिव्र रूपमा नियन्त्रण गर्ने काम भएका छन् समाजमा हुने अशान्ति निरूपण गर्न समाजका हरेक नागरिक अग्रसर हुन आवश्यक छ ।
५० लाख रुपैयाँ बराबरको सहयोग जुटाएर प्रहरी भवन पुनःनिर्माण गर्नु केवल भौतिक पुनर्स्थापना होइन, जनताको सुरक्षामा गरेको लगानी हो एआईजी कार्कीले थपे ।”
नेपाल प्रहरी समुदायसँगै हातेमालो गर्दै शान्ति, सुरक्षा र सहकार्यको संस्कृतिलाई अझ सुदृढ बनाउँदै अघि बढ्नेछ,”
एआइजी कार्कीले भने ।
प्रगती युवा क्लबका संयोजक सुमन कुमार महतको भने “भवन पुनःनिर्माण हाम्रो सामूहिक भावना र प्रतिबद्धताको प्रतीक हो। स्थानीय बासिन्दा, उद्योगी व्यवसायी र युवाहरूको सहयोगले मात्र यो सम्भव भयो।
हामी सबैले प्रहरीलाई आफ्नो सुरक्षाको साझेदारका रूपमा स्वीकार गर्यौं, त्यसैले यो काम सबैको साझा गौरव हो,”
संयोजक महतले बताए ।
उक्त कार्यक्रममा भवन पुनर्निर्माणमा आर्थिक तथा श्रम सहयोग गर्ने सबै व्यक्तिहरू, संघ–संस्था र दाताहरूलाई कदरपत्र (प्रशंसा–पत्र) प्रदान गरी सम्मान गरिएको थियो।
तस्बिरहरू हेर्नुहाेस ।
