• ट्रेण्डिङ :

जेसी जीवन कार्कीले नेपाल जेसीज २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी

जेसी जीवन कार्कीले नेपाल जेसीज २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी

cnewsnepal

बिहिबार, मंसिर ४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं – नेपाल जेसीज (JCI Nepal) का नेता जेसी जीवन कार्कीले संगठनको २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। रामेछाप जेसीजको आधिकारिक प्रतिनिधित्वका रूपमा कार्कीले उम्मेदवारी दर्ता गरेका हुन्।

कार्कीले नेतृत्वको यात्राको सुरुवात सन् २०१५ मा रामेछाप जेसीज बाट सदस्यता लिएर गरेका थिए। पछिल्ला वर्षहरूमा उनले क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष, र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन (इटहरी) मा राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार रहेका कार्कीले त्यतिबेला शालीन र विनम्र नेतृत्व शैलीका कारण सदस्यहरूको ध्यान आकर्षित गरेका थिए।

यसपटक कार्कीले आफ्नो अभियानलाई ‘Project Sankalpa 2026 – एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन्। उक्त प्रकरणअन्तर्गत “Aim, Act, Achieve” भन्ने मूल विषयवस्तु अघि सारेका उनले संगठनमा लक्ष्य निर्धारण, कार्यान्वयन र परिणाममुखी प्रक्रियालाई प्राथमिकता दिने योजना प्रस्तुत गरेका छन्।

घोषणासँगै उनले नेपाल जेसीज भित्र एकता, सहकार्य, पारदर्शिता र समावेशिता बढाउने उद्देश्य राखेको उल्लेख गरेका छन्। उनका अनुसार संगठनलाई युवा, महिला तथा विविध अध्यायहरूको सक्रिय सहभागितामार्फत भविष्य–उन्मुख बनाउने लक्ष्य छ।

कार्कीले आफ्नो उम्मेदवारी दर्तासँगै राष्ट्रिय नेतृत्वमा नयाँ रूपान्तरणकारी अभियान अघि बढाउने दाबी गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार