• ट्रेण्डिङ :

विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ पक्राउ

विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ पक्राउ

cnewsnepal

सोमबार, साउन २० २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए।

‘भन्सार कार्यालयको एक्सरे मेसिनले चेक गर्दा शंकाष्पद देखिएपछि लीलाई नियन्त्रणमा लिएर राति नै सुनको ल्याब टेस्ट गर्न पठाएका थियौं, ’ ठाकुरले सेतोपाटीसँग भने, ‘उनले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि लीलाई प्रहरीको जिम्मा लगाइएको छ।’ लीबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २७ लाख हुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार