प्रधानमन्त्री ओली भन्छन “म त रहुँला, नरहुँला तर देश बाँच्नुपर्छ”

काठमाडौं ,श्रावण २०  प्रधानमन्त्रीले वर्षौदेखिका एकजना हितैषीसँग भन्नुभयो, ‘हेर् केपी ओली, अब तेरो खैरियत छैन ।’ फेरि अर्का नेतासँग भन्नुभयो, ‘साथीहरुले बुझेनन् कसरी भन्नु, मैले नै बुझाउन सकिनँ ।’

गतसाता फरक–फरक समय र दिनमा भेट्न पुगेका पूर्वएमालेका केही निकटस्थ नेतासामु उहाँले भनिरहनुभयो, काम र कुरा बुझाउन नसकेकोबारे ।

जनआस्थाले गतसाता प्रममा आफ्ना कमजोरीको आत्मानुभूति (रियलाइजेशन) भएको र कार्यशैलीमा सुधार आउन थालेकोबारे समाचार प्रकाशित गरेको थियो । र, त्यो क्रम अझै बाक्लिँदै गएको वर्षौं र महिनौंसम्म ढोका बन्दको अवस्थापछि अकस्मात भेट, छलफल र कुराकानीमा जान पाएका नेताहरु ठम्याइ छ । लामो समयदेखि आफूसँग निकट एक नेतासँग उहाँले भन्नुभयो, ‘मैले महसूस गरेको छु कि, हामीले गरेको राम्रो कामलाई साथीहरुले बोकेनन् । संसदमा वेभलेङ्थ मिलेन ।

 

दल र पदाधिकारीबीच तालमेल भएन ।’ नेताहरुले सुझाव दिए, ‘मन्त्रीहरु इमान्दार त छन्, तर तपाईंसँगको स्पिरिट मिलेन ।’ जवाफमा प्रमले भन्नुभयो, ‘दुई पार्टी मिलेपछि कसरी गति मिल्छ त ?’ उहाँको ठहर थियो, ‘सांसदहरुले राम्ररयही मेसोमा हो, उहाँले वरिष्ठ नेता माधव नेपालतर्फ इंगित गर्दै भन्नुभएको, माधव कमरेडलाई परिस्थितिको बारेमा महसूस गराउन सकिन ।

उहाँले बुझ्नुभएन त कसरी भन्ने ? मैले नै बुझाउन नसकेको हो ।’ उहाँले पार्टी एकतापछिको परिस्थिति ‘अप्ठेरो, सजिलो हुन्छ भन्ने बुझेरै’ कठोर निर्णय लिइएको अर्का एक नेतालाई सुनाउनुभयो ।
चीनसँगको सम्बन्धबारे पनि खुलेरै भन्नुभयो, ‘उत्तरबाट नाका खुल्छ भन्दा मान्छेहरु खिसिट्युरी गर्थे । हामीले तोड्यौँ । तर, त्यसलाई जनताको सम्पत्ति बनाउन सकेनौँ । म त रहुँला, नरहुँला । तर, देश बाँच्नुपर्छ ।’ उहाँले अघिल्लोपटक प्रधानमन्त्री भएर चीनसँग यातायात तथा पारवहन (ट्रेड एण्ड ट्राञ्जिट) सम्झौतामा हस्ताक्षर गर्दाको अनुभव सुनाउनुभयो । ‘एउटा मनली काम गरेनन् । पार्टीमा वैचारिक काम जे जति हुनुपर्ने हो, त्योभन्दा फरक स्थिति भयो ।’
मेरो मनले  भनिरह्यो, हेर् केपी ओली, अब तेरो खैरियत छैन । किन मेरो मनले त्यसो भन्यो होला भन्ने लागेको थियो । नभन्दै यता फर्किएर आउँदा त्यस्तै भयो (सरकार ढल्यो)’, उहाँले प्रष्टै भन्नुभयो ।समाचार साभार :जनआस्था साप्ताहिक