• ट्रेण्डिङ :

निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई बलम्वुमा सम्मानसहित विदाइ(तस्बिरहरू )

निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई बलम्वुमा सम्मानसहित विदाइ(तस्बिरहरू )

cnewsnepal

बिहिबार, फाल्गुन २८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीहरूको कार्यअवधि समाप्त भएसँगै आज विधिवत रूपमा विदाइ गरिएको छ।
नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन देशभर करिब ४० दिनका लागि ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गरेको थियो। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट १ लाख ३३ हजार ९८० जना तथा सशस्त्र प्रहरी बलबाट १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको परिणाम पनि सार्वजनिक भइसकेको अवस्थामा निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूको कार्यअवधि समाप्त भएको हो।
यसैक्रममा काठमाडौंस्थित बलम्वु प्रहरी प्रभागले निर्वाचन प्रहरीहरूलाई ‘धन्यवाद पत्र’ प्रदान गर्दै विदाइ तथा धन्यवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रभाग प्रमुख लक्ष्मी खड्काले निर्वाचन सुरक्षामा इमान्दारिता र जिम्मेवारीका साथ खटिएकोमा सबै निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा सहभागीहरूबीच केक काटेर खुसी साटासाट गर्दै भव्यताका साथ विदाइ कार्यक्रम सम्पन्न गरिएको थियो। निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूले छोटो समयमै महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको छ।

तस्बिरहरू :

प्रतिक्रिया
सम्बन्धित समाचार