काठमाडौं । महेश बस्नेत विरुद्ध शोभा पाठक ले दायर गरेको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतमाथि जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारी को संयुक्त इजलासले रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णयलाई सदर गरेको हो।
यसअघि पाठकले जिल्ला प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। तर दाबी पुष्टि नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध पाठक उच्च अदालत पुगेकी थिइन्।
उच्च अदालतको पछिल्लो फैसलासँगै बस्नेतविरुद्ध लगाइएका आरोपहरू औपचारिक रूपमा खारेज भएका छन्।
फैसलापछि बस्नेतले प्रतिक्रिया दिँदै विगत तीन वर्षदेखि आफूले भोग्दै आएको दुःखको अन्त्य भएको बताएका छन्। उनले झुटा मुद्दा र बनावटी विवरण प्रस्तुत गरी राजनीतिक प्रेरणाबाट आफूविरुद्ध आरोप लगाइएको दाबी गरेका छन्।
बस्नेतका अनुसार प्रारम्भिक उजुरी खारेज भइसकेपछि पूरक जाहेरीमार्फत दोस्रो प्रयास गरिएको भए पनि त्यो समेत उच्च अदालत पाटनबाट खारेज भएको हो। उनले आफ्नो चरित्रहत्या गरिएको र परिवारलाई समेत अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्।
त्यस्तै, सुधन गुरुङ को निर्देशनमा आफूलाई पक्राउ गर्ने प्रयास भएको आरोप लगाउँदै उनले यससम्बन्धी सम्पूर्ण घटनामा कानुनी उपचार खोज्ने बताएका छन्।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त