काठमाडौं । नयाँ वर्ष २०८३ को पावन अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले सम्पूर्ण नेपाली जनसमुदायको जीवनमा सुख, शान्ति, समृद्धि तथा सतत् प्रगतिको उज्यालो सम्भावना लिएर आउने विश्वास व्यक्त गरेका छन्। उनले बितेका वर्षका अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनहरूमा अझ सुदृढ संकल्प, सकारात्मक सोच तथा आपसी सद्भावका साथ अघि बढ्न सबैलाई प्रेरित गरेका छन्।
प्रहरी महानिरीक्षक कार्कीले नयाँ वर्षलाई प्रत्येक नेपालीको जीवनमा आशा, ऊर्जा र उत्साहको नवीन सञ्चार गर्ने प्रेरणादायी अवसरको रूपमा लिन आग्रह गरेका छन्। साथै, राष्ट्रप्रतिको कर्तव्यबोध, जिम्मेवारी र समर्पणको भावनालाई अझ सुदृढ र गहिरो बनाउँदै समुन्नत र समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई आह्वान गरेका छन्।
उनले शान्ति, सुरक्षा र सुव्यवस्थाको कायम राख्न नेपाल प्रहरी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ वर्ष २०८३ ले सबै नेपालीमा एकता, सहकार्य र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त