काठमाडौं, ७ वैशाख । नेपाल प्रहरी संगठनले प्रदान गरेको जिम्मेवारीलाई लगनशील र कर्तव्यनिष्ठ ढंगले निर्वाह गर्दै हिरासतमा रहेका अभियुक्तहरूलाई सुरक्षित र विश्वासपूर्ण वातावरण उपलब्ध गराएको भन्दै प्रहरी प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्कालाई ‘उत्कृष्ठ प्रहरी घोषित ’ गरि सम्मान प्रदान गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत चैत्र महिनाका लागि प्रदान गरिएको उक्त प्रशंसा–पत्रमार्फत प्रहरी निरीक्षक खड्काले हिरासत व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अपराध अनुसन्धान व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिएको हाे।
हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षा, अनुशासन र मानव अधिकारको संरक्षणमा विशेष ध्यान दिँदै उनले उदाहरणीय कार्य सम्पादन गरेको भन्दै नेपाल प्रहरीले उच्च कदर व्यक्त गरेको छ।
यस प्रकारको सम्मानले प्रहरी संगठनभित्र कार्यरत कर्मचारीहरूलाई थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।