प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन,हेलिकाेप्टर तयारीमा अवस्थामा

१८ चैत,प्रधानमन्त्री केपी शर्मा अाेली अाइतबारको भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको ठुलो जनधनको नोक्सान प्रती दु:ख प्रकट व्यत्त गरेका छन् ।

अाफ्नाे अाधिकारिक टुईट गर्दै पीडितको उद्दारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीद्वारा निर्देश दिएका हुन ।

सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् ।

उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । भोलि विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।