मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयाेग भण्डारी र सेवाग्राही केसी ३५ हजार घुस सहित पक्राउ

३ भदौ काठमाडौं मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयाेगी र सेवाग्राही घुस लिनेदेन गर्दा गर्दै पक्राउ परेका छन् ।

मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयाेगी बर्ष ४५काे कान्छा भण्डारी र घुस दिने बिष्णु बुढालिनकण्ठ नगरपालिका ४ बस्ने बर्ष ३८ काे ईश्वर केसीलाई नगद सहित पक्राउ गरिएको हाे ।

महानगरीय प्रहरी बृत्त बालाजुका प्रमुख डिएसपी बाल नरसिंह राणाले कार्यालय सहयाेगी भण्डारी र कार्कीलाई घुस लेनदेन गर्दा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले रंगेहात पक्राउ गरेको बताए ।

जग्गा राेक्का गर्ने गरिदिन कार्की संग कास भण्डारीले रकम माग गरेकाे र काम गरिदिन भनी सेवाग्राही कार्कीले ३५ हजार रुपैयाँ लेनदेन गर्दै गर्दा उनिहरूलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले विशेष सुचनाकाे अाधारमा कार्यालय परिसरबाटै पक्राउ गरेको थियाे ।