अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ भदौ   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय Marcel Guehi लाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका-९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका-१० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

काठमाडौं

यसैगरी काठमाडौं महानगरपालिका-२६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका-४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर

भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाँके

नेपालगंज उपमहानगरपालिका-१५जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १५ ट्याबलेट, नाईट्रोसन १५ ट्याबलेट र टामाटस १० ट्याबलेट सहितदैलेख नारायण नगरपालिका-१० बस्ने१९ वर्षीय बिनोद थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएकोसंयुक्त टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु

कृष्णनगर नगरपालिका-२ लिङगेटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ४ सय ५० ट्याबलेट,ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुल ३ सय ९०ट्याबलेट र क्लोनाप्याक्स १ सय ट्याबलेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुरउपमहानगरपालिका-११ नवलपुर बस्ने १९ वर्षीय केशब कुँवर र घोराही उपमहानगरपालिका-११बसपार्क बस्ने १८ वर्षीय आशिष क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

कास्की

पोखरामहानगरपालिका-९ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रिनर्फिन६२ एम्पुल, डाईजेपाम६२ एम्पुल र फेनरागन६२ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजा वालिङ नगरपालिका-३ तिनदोबाटो घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २६ वर्षीय बालकृष्ण रास्कोटी र भिरकोट नगरपालिका-३ बयरघारी घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २३वर्षीया संगिता अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।